स्पोर्ट्स अवार्डको पूर्वसन्ध्यामा टिभिएसद्धारा ¥यालीको आयोजना
पोखरा, जेठ १७ ।
तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को पूर्वसन्ध्यामा मुख्य प्रायोजक बतास ब्रदर्श प्रा.लि. र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले विहीबार बिहान पोखरामा ¥याली निकालेको छ ।
युवाहरुमाझ लोकप्रिय टिभिएसको उत्पादन जुपिटर भर्सन २ र अपाचे आरटीआर २०० लिएर झण्डै ५० खेलाडीहरु ¥यालीमा सहभागी भए । बतास ब्रदर्श प्रालि.को कार्यालय नयाँबजारबाट सुरु भएको टिभिएस ¥याली महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सृजनाचोक, हल्लनचोक, लेकसाइड, राष्ट्रबैंकचोक, विरौटाचोक, पृथ्वीचोक हुँदै पुनः कार्यालयमै पुगेर समापन भएको थियो ।
¥यालीमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, बतास ब्रदर्श प्रालिका सेल्स मेनेजर सन्तोष पोखरेल, कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक गोदार लगायत चार दर्जन युवा खेलाडीहरु टिभिएसको बाइक र स्कुटरमा सहभागी रहेका थिए । शुक्रबार हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को तयारी पूरा भएको सचिव रञ्जन अधिकारीले जानकारी दिए ।