पोखरा लेखनाथ ३३, २६, २८, २९ र ३१ मा योजना संकलन गोष्ठि सम्पन्न
विष्णुहरि पौडेल
लेखनाथ , जेठ २०
पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ ले चालु आर्थिक बर्षको प्रगति विवरण र आगामी आर्थिक वर्षका लागि वडा स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । वडावासीहरुको सक्रिय सहभागिता रहेको कार्यक्रममा वडाअध्यक्ष शिवप्रसाद आचार्यले पद समालेको एक वर्ष भित्र वडामा भएका विकास निर्माणमा उल्लेख्य सफलता हात परेको दावी गर्दै सवैको साथ र सहयोगले विकास निर्माणका काम गर्न सहज भएको बताएका थिए । स्थानीयवासी,सामाजिक संघ सस्था र विकासप्रेमीजनहरुको सहयोगले आफनो एक बर्षको कार्यकाल सफलता पुुर्वक अगाडि वढेकोमा खुसी ब्यक्त गर्दै वडाअध्यक्ष आचार्यले आगामी आर्थिक वर्षका लागि जनता कै सहयोग र सुझाव अनुसार विकास निर्माणमा दिर्घकालीन प्रभाव पार्ने योजनाका साथ अगाडि वढ्ने प्रतिवद्धता जनाएका थिए ।आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि राखिएको योजना तर्जुमा गोष्ठीमा अख्तियारी पाए बरावराको बजेटमा वडावासीहरुबाट लिखित रुपमा योजना माग गरिएको थियो।वडाअध्यक्ष शिवप्रसाद आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का जनप्रतिनिधी,विभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधी लगाएतले बिकास निर्माणका काममा सैवको साथ र सहयोग अनिवार्य भएको धारणा राखेका थिए ।
गोष्ठी लामागादी र बरपाण्डे थुममा योजना संकलन गरि वडा कार्यालय बागमारामा योजना तर्जुमा गरिएको र आगामी बर्षमा खानेपानीलाई पहिलो प्रथामिकतामा राखी कृर्षि,पर्यटन,स्वास्थ्य शिक्षा र सामाजिक बिकासका पुर्वाधार निर्माणका योजनालाई छनोट गरेको वडाअधयक्ष आचार्यले जानकारी दिएका छन् ।
यसै गरी पोखरा लेखनाथ महानगरपालिका वडा नं २८ ले चालु आर्थीक बर्षको प्रगति विवरण र आगामी आर्थीक वर्षका लागि वडा स्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७५÷७६ को योजना छनोटका लागि वडा अध्यक्ष निर्मल दियालीको अध्यक्षतामा साविक माझठानाको ओख्ले, सौर्य, रात्माटे, डाँडा, रैकर, वाँस्तोल गाउँको नेटा र स्याङ्खुदी लगाएतका सामाजिकसंघ संस्थाहरुका प्रतिनिधिहरु, बुद्धिजिवीहरु, स्थानियवासीहरु तथा वडाका जनप्रतिनिधिहरुको उपस्थितिमा योजनाहरु संक्लन गरिएको समाचार प्राप्त भएको छ ।
यसै गरी पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ ले चालु आर्थीक बर्षको प्रगति विवरण र आगामी आर्थीक वर्षका लागि वडा स्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।वडावासीहरुको सक्रिय सहभागिता रहेको कार्यक्रममा वडाअध्यक्ष नारायण प्रसाद बरालले पद समालेको एक वर्ष भित्र वडामा भएका विकास निर्माणमा उल्लेखिए सफलता हात परेको दावी गर्दै सवैको साथ र सहयोगले विकास निर्माणका काम गर्न सहज भएको बताएका थिए ।स्थानियवासी,सामाजीक संघ सस्था र विकास प्रेमी मनहरुको सामुहिक पहलमा आफनो एक बर्ष कार्यकाल सफलता पुुर्वक अगाडी वढेकोमा खुसी ब्यक्त गर्दै वडाअध्यक्ष बरालले आगामी आर्थीक वर्षका लागि जनता कै सहयोग र सुझाव अनुसार विकास निर्माणमा दिर्घकालीन प्रभाव पार्ने योयजनाका साथ अगाडी वढ्ने प्रतिवद्धता जनाएका थिए ।
आगामी आर्थीक वर्ष २०७५÷७६ का लागि राखिएको योजना तर्जुमा गोष्ठीमा अख्तियारी पाएको एक करोड २७ लाख बरावराको बजेटमा वडावासीहरुबाट लिखित रुपमा योजना माग गरिएको थिए ।वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वरालको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका ईन्जिनियर रविचन्द्र घिमिरेले योजना छनोट गर्ने प्रक्रिया र मापदण्डका बारेमा जानकारी गराएका थिए ।कार्यक्रममा नेपाल कम्युनिष्ट पाटीको तर्फबाट सुर्य भण्डारी,नेपाली काग्रेसका कृष्णमोहन भटराई,संघिय समाजबादीका मेघबहादुर गुरुङ,जनमोर्चाका हरि बराल लगाएतले बिकास निर्माणका काममा सैवको साथ र सहयोग अनिवार्य भएको धारणा राखेका थिए ।वडा सदस्य खड्कवहादुर रानाभाटले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य वडासदस्य रामकृष्ण जिसी र धन्यवाद ज्ञापन महिला सदस्य सर्मिला विकले गरेकी थिईन ।
यसै गरी पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१ ले चालु आर्थीक बर्षको प्रगति विवरण र आगामी आर्थीक वर्षका लागि वडा स्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । वडावासीहरुको सक्रिय सहभागिता रहेको कार्यक्रममा वडाअध्यक्ष कमल बहादुर थापाले पद समालेको एक वर्ष भित्र वडामा भएका विकास निर्माणमा उल्लेखिए सफलता हात परेको दावी गर्दै सवैको साथ र सहयोगले विकास निर्माणका काम गर्न सहज भएको बताएका थिए ।
स्थानियवासी,सामाजीक संघ सस्था र विकास प्रेमी मनहरुको सामुहिक पहलमा आफनो एक बर्ष कार्यकाल सफलता पुुर्वक अगाडी वढेकोमा खुसी ब्यक्त गर्दै वडाअध्यक्ष थापाले आगामी आर्थीक वर्षका लागि जनता कै सहयोग र सुझाव अनुसार विकास निर्माणमा दिर्घकालीन प्रभाव पार्ने योयजनाका साथ अगाडी वढ्ने प्रतिवद्धता जनाएका थिए । आगामी आर्थीक वर्ष २०७५÷७६ का लागि राखिएको योजना तर्जुमा गोष्ठीमा अख्तियारी पाएको एक करोड ३० लाख बरावराको बजेटमा वडावासीहरुबाट लिखित रुपमा योजना माग गरिएको थिए ।
यसै गरी पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ सनिवार आर्थिक वर्ष २०७५÷७६का योजना तर्जुमाका लागि वडा भेला सम्पन्न भएको छ ।बडावासिको सक्रिय उपस्थीति रहेको कार्यक्रममा पुर्वाधार विकास ,सडक सञ्जाल,खानेपानी,शिक्षा,स्वास्थ्य,कृर्षि,युवा स्वरोजगार तथा सिपमुलक तालिमलाई प्रथामिकतामा राखेर योजना छनोट गरिएका छन् ।कार्यक्रममा वडाअध्यक्ष चेतवहादुर गुरुङले गत आर्थीक वर्षमा ९५ प्रतिशत काम सफतापुर्वक सम्पन्न भएको र सवैको साथ र सहयोगले आगामी बर्षको कार्यकाल सफतापुर्वक सम्पन्न हुने अपेक्ष्या गरेका थिए ।कार्यक्रममा राजनितीक दलका तर्फबाट विन्दु भण्डारी,तिलकुमारी थापा,धनवहादुर विक र विरवहादुर तामाङ,युवाहरुको तर्फबाट आदर्श युवा क्लवका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारी,बुद्धिजिवीहरुको तर्फबाट जनप्रकाश बहुमुखि क्याम्पसका प्रमुख ऋषि वुढाथोकी,आमा समुहको तर्फबाट हिमालय ओझा,टोल विकासको तर्फबाट सुबेदार चन्द्रबहादुर गुरुङ,विद्यालयको तर्फबाट मनोज गुरुङ, लेखनाथउद्योग बाणिज्य संघकी सदस्य जानुका अधिकारी लगाएतले विकास निर्माणमा भुगोल र आवस्कतालाई हेरेर योजना छनोट गर्न अनुरोध गरेका थिए ।वडा सचिव सावित्रा पौडेलले संचालन गरेको सो कार्यक्रममा वडा सदस्य निर्मला पौडेले स्वागत र वडासदस्य थलबहादुर पाण्डेले धन्यवाद ज्ञापन तथा वडासदस्य हेमवहादुर बानियाँले कार्यक्रम माथी प्रकाश पारेका थिए