सफल लोक आवाजमा २६ प्रतियोगी छनोट
लेखनाथ, २० जेठ ।
नेपाली कला र संस्कृतीको पहिचान गर्दै लोपउन्मुख गित एवंम संगितको उजागर तथा नयाँ प्रतिभाको खोजी अभियान भन्ने मुल नाराका साथ राखिएको सफल लोक आवाज –२०७५ खुल्ला एकल लोक गित गायन प्रतियोगिताको पहिलो अडिसनबाट २६ प्रतिस्पर्दी छनोट भएका छन् ।
सफल फिल्मस् प्रा लि र एस एम जि म्यूजिक प्रा लिको आयोजना तथा सात ताल दोहोरी साझा तालचोकको सह आयोजनामा हुन लागेको प्रतियोगितमा पहिलो चरणका लागि छनोट भएका ३५ प्रतिस्पर्दीहरु मध्यबाट २६ जना छनोटमा परेका हुन् । रेडियो लेकसिटीको स्टुडियोमा भएको कार्यक्रममा लोकदोहोरी गायक शिवहरि ढुगाना र एम सागर विकले निर्णायको भुमिका निभाउदै प्रतिस्पर्दीहरुलाई कला र गलामा निखारता ल्याउन नियमीत रुपमा प्रयासको खाचो रहने सुझाव दिएका थिए । दोस्रो चरणमा प्रबेश गरेका प्रतियोगीहरुको आर्को राउण्ड जेठ २६ गते हुने र अन्तिम प्रतिस्पर्दा असारमा हुने कार्यक्रम संयोजक सुबास गुरुङले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम हुनेले ३० हजार,द्धितियले २०हजार,तृतियले १०हजार र स्वान्त्वनाले पाँच हजार साथमा प्रमाण पत्र र मायाको चिनो प्राप्त गर्ने मुल आयोजक समितिका संयोजक मानबहादुर बोहोराले जानकारी दिएका छन् ।