समाचार

विश्व वातावरण दिवसमा डायमण्डमा सरसफाई

लेखनाथ, २२ जेठ ।
विश्व वातावरण दिवस विभिन्न सचेतनामूलक कार्यक्रम तथा सरसफाई गरी मनाइएको छ । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहार सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने तय गरिएको छ । पोखरा लेखनाथ २७ मा रहेको डायमण्ड मा.वि. मा विश्व वातावरण दिवशको अवशर पारेर विद्यालय परिसर र विद्यालय वरिपरिको क्षेत्रमा सरसफाई तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूले प्ले कार्डको साथमा जनचेतना तथा सरसफाई गरेका थिए । योगकुमारी जि.सी., नारायण वाग्ले लगायतका शिक्षकहरू को सहयोगमा विद्यार्थीहरूले फोहोरलाई कुहिने नकुहिने, जलाउन हुने नहुने गरी विभिन्न भागमा वर्गीकरण गरी फोहोरको व्यवस्थापन गर्नुका साथै विभिन्न जनचेतना मूलक प्ले कार्ड प्रदर्शन गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: