समाचार

लिटल फ्लावरमा वातावरण दिवस

लेखनाथ,२२ जेठ।
विश्व वातावरण दिवस जुन ५ को अवसरमा मंगलवार पोखरा लेखनाथ–२७ मा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा एक कार्यक्रमका बीच वातावरण दिवस मनाइएको छ । वातावरण विज्ञान विषयका विद्यार्थीहरुको सक्रियतामा कक्षाकोठा, विद्यालय प्राङ्गण, विद्यालय वरपर रिठेपानी चौतारासम्म सरसफाइ गरिनुका साथै ल्पास्टिक प्रयोग घटाऔ भन्ने सन्देश प्रवाह गर्दै सचेतना अभियान सम्पन्न भएको थियो। डाइरेक्टर कमल खड्का,संस्थापक देवी खड्का, शिक्षकहरु रामप्रसाद अधिकारी,हरि सापकोटा, योगराज कंडेल, सुशिल सुनार, श्याम खनाल, लक्ष्मी घिमिरे लगायत विद्यार्थीहरुको समूहले वातावरण सफा राख्न आग्रह गर्दै सचेतना फैलाएका थिए । प्रिन्सिपल विष्णुहरि पौडेलले विश्व वातावरण दिवसको ऐतिहासिक पक्ष वारेमा वताएका थिए । विद्यार्थीहरुले विद्यालय वरपर फूल रोप्ने कार्य समेत सम्पन्न गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: