समाचार

जनताको शान्ति सुरक्षाको लागि कुनै कसुर वाँकी नराख्ने ः एस पी राना

लेखनाथ , २६ जेठ ।
लागु औषध नियन्त्रण महासमितिको आयोजना , पोखरा लेखनाथ २९ वडा कार्यालय, लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाको सहकार्यमा हाइवोय रोड आदर्श चोक भन्डारढिक देखि पावर हाउस सम्म बिद्यालयहरु, आमासमुहहरु,टोल बिकास संस्थाहरु, सामुदायिक सेवा केन्द्र लेखनाथ राजनिती पार्टीहरु,इलाका प्रहरी डाडाकोनाक,प्रहरी पोष्ट ट्राफिक र बुद्धिजीविहरुको सहभागीतामा लागु औषध सम्बन्धि सचेतना ¥याली शनिवार सम्पन्न भएको छ ।
प्रमुख अतिथि कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख ओम बहादुर रानाले लेखनाथ क्षेत्र प्राकृतिक सौन्दर्यले भरिएको पर्यटकिय स्थलमा लागु औषध तथा दुरव्यसनि कर्ताहरुलाइ निस्तेज पारिछाड्ने प्रतिबद्धता व्यक्त गर्दै उक्त कार्यमा सहयोग गर्न सरोकारवालहरुलाइ आग्रह गरे ।

एस पि रानाले टोल टोलमा टोले गुण्डाहरुले सर्वसाधारण जनताहरुलाइ दुख दिएको भन्दै त्यस्ता गुण्डाहरुलाइ तह लगाएरे छाड्ने बताए । जनतालाइ शान्तिको प्रत्याभूति दिन आफू कुनै कसुर वाँकी नराख्ने दृढता व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्न्वयका बरिस्ठ उपाध्यक्ष सोमनाथ बांस्तोला, पुनस्र्थापना कार्यालयका शिव न्यौपाने, लेखनाथ सामुदायिक लायन्स हस्पिटलका अध्यक्ष राम प्रसाद गुरुङ लगायतले लागु औषध रोकथामका उपायका वारेमा आ आफ्नो धारणा राखेका थिए । सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष ज्ञानेन्द्र वजगाइले स्वागत गरेको कार्यक्रमको सन्चालन सचीव त्रिलोचन लामिछनेले गरेका थिए । लागु औषध नियन्त्रण महासमितिका संयोजक जीवन पौडेलको अध्यक्षतामा सम्पन्न भएको सामुदायिक सेवा केन्द्र लेखनाथका संस्थापक अध्यक्ष एवम समाजसेवी मेती गिरीले जानकारी दिए ।

Related Articles

Back to top button
%d bloggers like this: