राशिफल

दैनिक राशिफल

वि.सं.२०७५ साल असार ४ गते। सोमबार। इश्वी सन २०१८ जुन १८ तारिख। नेपाल संवत ११३८ ज्येष्ठ शुक्लपक्ष। पञ्चमी तिथि
पं.कृष्ण लामिछाने, ९८५६०३९७५१
मेष
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईष्र्या गर्नेहरूले दुस्ख दिनेछन्। तापनि मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ।
बृष
नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला।
मिथुन
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ।
कर्कट
फाइदा उठाउन प्रतिस्पर्धीहरूबाट जोगिएर काम लिनुपर्नेछ। वादविवादले समस्या निम्त्याउने हुँदा बोली–व्यवहारमा सजग रहनुहोला।
सिंह
अवसर प्राप्त भए पनि नियमित काममै अल्झिनाले पछि परिनेछ। आगन्तुकले पनि व्यर्थैमा अलमल्याउन सक्छन्। रमाइलो जमघट एवं भोजभतेरको अवसर भने प्राप्त हुनेछ।
कन्या
घरखर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। एक पटक बनिसकेको काम पनि दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउनेछ भने प्रयत्न गर्दा विदेशयात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।
तुला
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन र फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बृश्चिक
मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।
धनु
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। तर, मिहिनेत परे पनि विगतका कमजोरी सच्याउँदै नयाँ अवसर जुटाउन सफल भइनेछ।
मकर
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कुम्भ
परिस्थिति अनुकूल बन्नाले छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।
मीन
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: