अर्थ खबर

वेगनास बचत तथा ऋण सहकारी संस्थाद्धारा आर्थिक सहयोग

लेखनाथ, ४ असार ।

पोखरा लेखनाथ ३१ मा रहेको वेगनास बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरी आफ्नो ९ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा सहकारीका अध्यक्ष धु्रव न्यौपाने र भुपु अध्यक्ष प्रकाशमणी लामिछानेले संयुक्त रुपमा पोखरा लेखनाथ ३० स्थित ओमकारेश्वर शिव मन्दिर संरक्षण समितिका सचिव लिलामणी त्रिपाठीलाई एक कार्यक्रमका विच रु ५ हजार ५ सय ५५ हस्तारण गरे ।
कार्यक्रममा सहकारीका अध्यक्ष न्यौपानेले सहकारीले आफ्नो स्थापना कालदेखि छरिएर रहेको पूजीलाई एकिकृत गर्दै सेवाग्राहीको आय आर्जन तथा क्षेमता अभिवद्धिमा सहयोग गर्दै आएको बताउँदै न्यौपानेले सहकारीको वारेमा जानकारी दिएका थिए । कास्की जिल्लाको पूर्वी भेगलाइ कार्यक्षेत्र बनाएको सहकारीमा ४०० शेयर सदस्य रहेका र दैनिक रुपमा ४०० यसका बचतकर्ता रहेको पनि उनले जानकारी दिए । सहकारीका पदाधिकारीहरु, सदस्यहरु, विभिन्न उपसमितिका संयोजकहरु, व्यवस्थापक विदुर त्रिपाठी लगाएतको उपस्थिति रहको कार्यक्रममा सहकारीको कार्यक्षेत्रलाई अझ विस्तार गरी यसको चुक्ता पूजीलाई बृद्धि गर्दैै लैजाने सहकारी अवधारणा रहेको लेखासमितिका संयोजक विन्दुचन्द्र बरालले जानकारी दिएका थिए भने सहकारीका संस्थापक सचिव चिरिन्जिवी तिवारीले कार्यक्रम सन्चालन गरेका थिए ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: