मादी गाउपालिकाको बजेट ४४ करोड
मादी, असार ११
कास्कीको मादी गाउपालिकाको तेस्रो गाउसभाले आर्थीक वर्ष २०७५÷७६ का लागि नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
गाउपालिका कार्यालयमा भएको कार्यक्रममा वजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपाध्यक्ष विष्णु मायाँ आचार्य पौडेलले ४४करोड,३२ लाख ३३ हजार छ सय चार रुपियाँ बरावरको बजेट पेश गरेकी हुन् । जसमा पुँजिगत तर्फ १३ करोड ४५ लाख ३० हजार चार र चालु तर्फ ३० करोड ६८ लाख ५८ हजार छ सय रहेको छ । आगामी आर्थिक वर्ष २०७५÷०७६ को अनुमानित आय व्यय विवरण अनुुसार आर्थीक बिकास,सामाजीक विकास,पुर्बाधार विकास,वातावरण र विपद ब्यवस्थापन,शुसासन तथा सस्थागत बिकासका योजनामा पुँजिगत र चालु गरि कुल४४करोड,३२ लाख ३३ हजार छ सय चार रुपियाँ बरावरको बजेट पेश गरेकी हुन् ।
प्रस्तुत बजेटले भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय महत्वका दृष्टिले अत्यन्त प्रवल सम्भावना भएको गाउँपालिका भएर पनि द्रुत विकासको केही चुनौतीहरु पार गर्दै विकासको क्रममा पछाडी परेका वर्ग तथा समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने, उत्पादनशील क्षेत्रमा लगानी अभिबृद्धि गरी आर्थिक गतिविधिहरुको माध्यम द्वारा रोजगारी विस्तार गर्ने लक्ष्य राखेको छ ।
यसैगरि बजेटमा कृषि क्षेत्रको व्यवसायिकिकरण र आधुनिकिकरण गर्ने, सुशासन प्रर्वद्धन गरी सेवा प्रवाहमा प्रभावकारीता कायम गर्र्नेे, पर्यटन विकासबाट प्राप्त लाभ लिई सवै क्षेत्रसम्म पु¥याउने, वन जंगलकोे संरक्षण गर्दै वातावरणीय सन्तुलनलाई कायम राख्ने, भौतिक पूर्वाधारको विकासमा लगानी वृद्धि गर्ने तथा सामाजिक विकासलाई संस्थागत गरी अपेक्षित विकासको प्रतिफल हासिल गर्ने एवं आन्तरिक आयको दायरालाई फराकिलो बनाउने र आन्तरिक ब्यवस्थापनलाई सुशासनमैत्री बनाई संस्थागत सुदृढिकरण गर्ने लक्ष्य राखीएको छ
मादी गाउँपालिकाकाका अध्यक्ष वेद बहादुर गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले गरेका थिए । कार्यक्रमा गाउँपालिकाको आर्थिक ऐन र विनियोजन ऐन परित भएको छ भने गाउँ सभा असार १५ गते देखी वजेट माथि दफावार छलफल गरिने बताईएको छ ।
चालु आर्थिक वर्षको लागि प्रस्तुत भएको वजेट २०७४÷०७५ मा कुल सरकारी खर्च रु ३७ करोड ९१ लाख ३ हजार विनियोजन भएकोमा २०७५ जेठ मसान्त सम्म रु ४० करोड ९४ लाख ८ हजार ३ सय २४ संशोधित आम्दानी प्राप्त भएकोमा २०७५ असार ९ गते सम्म रु ३२ करोड ५४ लाख ५९ हजार १ सय ३१ रुपैया ४१ पैसा खर्च भएको जुन खर्च ७९.४९ प्रतिशत हुन आउछ भने स्वीकृत कार्यक्रम अनुसार असार मसान्त सम्म खर्च हुने र खर्च हुन नसकि सर्शत तर्फका फ्रिज हुने गरी वैंक वाँकी रहेको कुल रकम रु ८ करोड ३९ लाख ४९ हजार १ सय ९२ रुपौंया पैसा ५९ रहेकोछ ।