समाचार

एसईई परीक्षाको त्रुटी पत्ता लगाउन छानविन समिति गठन

काठमाडौँ असार ११,
एसईई परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीको सत्यतथ्य पत्ता लगाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार छानविन समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालका अनुसार शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको हो ।

समितिमा मन्त्रालयका कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र उपसचिव दिनेश खनाल सदस्य रहेका छन् । प्रदेश नम्बर २ बाट राजधानी काठमाडौं फर्के लगत्तै शिक्षामन्त्री गिरिराजमणी पोखरेलले मन्त्रालयमा आकस्मिक बैठक डाकेका थिए । सचिव र सहसचिव सम्मिलित बैठकले छानविन समिति गठन गरेर अघि बढ्ने निर्णय गरेको हो ।

Related Articles

Back to top button
%d bloggers like this: