समाचार

प्रदेश ४ राजधानीसम्बन्ध मा छलफल सुरु

पोखरा , असार १७ ।
प्रदेश ४ को राजधानीको नाम सम्बन्धमा आइतबार प्रदेश सभा छलफल शुरु भएको छ । प्रदेश सभाको बैठकमा असार १० गते टेबुल भएको प्रस्ताबमा आजबाट छलफल भएको हो । जेठ २१ गते सभा समक्ष प्रस्तुत भएको प्रदेश राजधानी तथा नामाकंन विषय समितिको प्रतिवेदन सांसद विन्दुकुमार थापाले टेवुल गरेका थिए ।आजको बैठकमा प्रदेशको राजधानी पोखरा बनाइयो भन्ने प्रस्ताब एमाले सांसद कृष्ण बहादुर थापाले प्रेस गरेका थिए । छलफलमा एमालेका सांसद मायानाथ अधिकारीले प्रदेश चारको राजधानी एकल प्रस्ताब आएका कारण पनि स्वतह पोखरा राजधानी हुने बताए । उनले पोखरामा भौतिक पुर्वाधार, सुन्दर नगरी र सबैलाई पयक पर्ने ठाउँ भएका कारण पनि पोखरा राजधानीको विकप्प नरहेको बताए ।
नेपाली काग्रेसका सांसद विष्णु प्रसाद लामिछानेले पोखरा ११ जिल्ला केन्द्र भएका कराण पनि राजधानी हुन उपयुक्त भएको बताए । नयाँ शक्ति नेपालका सांसद हरिशरण आचार्यले पोखरा गित, संगित, साहित्य, पर्यटनको राजधानी पहिले नै भइसेको बताउदै प्रदेश ४ को राजधानी पनि पोखरा नै उपयुक्त भएको बताए । प्रदेश राजधानी तथा नामाकंन विषय समितिको प्रतिवेदन अनुसार राजधनीको रुपमा पोखरको नाम सर्वहमत भएको थियो । समितिले प्रदेशको नाममा पहिलो नम्बर गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरी नामको प्रश्ताव गरेको छ ।

Related Articles

Back to top button
%d bloggers like this: