अर्थ खबर

साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको थप दुुई शाखा विस्तार

पोखरा, असार २२ ।
साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथ २७ तालचोक र पोखरा लेखनाथ ६ लेकसाईडमा थप दुुईवटा शाखाहरुको विधीवत रुपमा उद्घाटन गरि आर्थिक कारोवार शुभारम्भ गरेको छ । प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुुरु¨ले तालचोक शाखाको उद्घाटन गर्दै प्रदेश नं. ४ पर्यटन ब्यवसायको लागि प्रचुुर सम्भावना बोकेको प्रदेश रहेकोले देशकै आर्थिक समृद्धिको मेरुदण्डको रुपमा विकासगर्न यसमा निजी क्षेत्र लगायत बैंक तथा बित्तीय संस्थाहरुले अहम भुुमिका निभाउनुु पर्ने सुझाव दिए ।

कार्यक्रममा वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी र ंलेखनाथ साना शहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष बिष्णु बराल लगायतले बोलेका थिए ।
यसै गरी शुक्रबारै पोखरा लेखनाथ ६ लेकसाईडमा प्रदेश नं. ४ का सभामुुख नेत्रनाथ अधिकारीले सांग्रिला डेभलोपमेन्ट बैंक शाखाको विधिवत उद्घाटन गर्दै बैंकको उत्तरोत्तर प्रगतीको कामना गर्नुुको साथै बैंकले शाखा सञ्जाल शहरी क्षेत्रमा मात्र विस्तार नगरी बिभिन्न ग्रामिण क्षेत्रहरुमा समेत बिस्तार गरि आम जनतालाई सरल र सहज रुपमा बैकि¨ सुुबिधा प्रदान गरेकोमा खुशी ब्यक्त गरे । वडा नं. ६ का वडा अध्यक्ष जगबहादुर पहारी, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन लगाएतले शुभकामना व्यक्त गरेका थिए । बैंकका अध्यक्ष प्रा.डा रबीन्द्र प्रसाद श्रेष्ठले बैंकको तर्फबाट धन्यवाद ब्यक्त गर्दै बैंकको कुल शाखा संख्या ५२ पुगेको जानकारी गराउँदै अन्य ३ वटा शाखाहरु केही दिनमै संचालनमा आउने प्रक्रियामा रहेको बताए ।
शाखा विस्तार गर्दै देशभर शाखा संजाल स्थापन गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकको लक्ष्य रहेको श्रेष्ठले बताए । कार्यक्रममा सांग्रीला विकास बैंकका संचालक अच्युत प्रसाद प्रसाँइ र सन्चालक शिव मल्लले स्वागत तथा संचारकर्मी ऋषिराम रानाभाटले कार्यक्रम संचालन गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: