जातीय पहिचानमा प्रदेशको नाम राख्न माग राख्दै बन्दको आव्हान
असार २५, पोखरा
प्रदेशको नाम गण्डकी राखिएको विरोधमा उत्रेको तमुवान–मगरात संघर्ष समितिको आह्वानमा सोमबार प्रदेश राजधानी पोखरासहित गण्डकीका प्रमुख सहरहरू बन्दले प्रभावित भएका छन् ।
पोखरामा तथा लेखनाथका बजार, यातायात र शिक्षण संःथाहरू बन्द रहे । पोखराबाट लामो तथा छोटो दूरिका सार्वजनिक यातायात चलेनन्। उद्योग, कलकारखाना पनि बन्द रहे। विहानभरि पानी परेकाले सुनसान सडकमा दिउँसो वर्षा थामिएपछि छिटपुट संख्यामा निजी सवारी चलेका छन्। राजमार्गमा वन्दकर्ताको उपस्थिति नदेखिए पनि कुने अप्रिय घटना नहोस् भन्ने उद्धेश्येले पोखरा तथा लेखनाथका चोक चोकमा प्रहरीको उपस्थिति वाक्लो रहेको छ । बन्दमा काःकीमा कुनै पनि अप्रिय घटना नभएको काःकीका प्रहरी नायव उपरीक्षक रविन्द्र गुरूङले बताए।
प्रदेशको नाम जातीय पहिचानमा राख्नुपर्ने माग तमुवान–मगरात संघर्ष समितिको छ। समितिको आन्दोलनलाई नयाँशक्तिसहित संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चाले समेत समर्थन गरेका छन्।
प्रदेशसभामा गत शुक्रबार सदःय संख्याको दुइतिहाइले प्रदेशको नाम ‘गण्डकी’ पारित गरेका थिए। नाम पारित गराउन सत्ताधारी नेकपा, प्रतिपक्षी कांग्रेस र राष्ट्रिय जनमोर्चाका सांसद एक भएका थिए। ५९ सदःयीय प्रदेशसभासमा प्रदेशको नाम गण्डकी हुने प्रःतावको पक्षमा ५४ र विपक्षमा नयाँ शक्तिका दुई सांसदको मात्रै मत परेको थियो। प्रदेशको नाम गण्डकी राख्न कांग्रेस, राजमो र साबिकको एमालेले पहिल्यै निर्णय गरेका थिए भने साबिकको माओवादी केन्द्रले निर्णय गरेको थिएन। एमालेसँगको पार्टी एकीकरणपछि नेकपाले ढिलो निर्णय गरेको थियो। नेकपा संसदीय दलमा प्रदेशको नाम गण्डकी वा गण्डकी–तमुवान राख्ने भन्ने विषयमा मत विभाजन पनि भएको थियो। पुनस् बैठक गरेर साझा नाम ‘गण्डकी’ राख्नेमा विहीवार नेकपामा सहमति भएपछि शुक्रबार प्रदेशसभाको बैठकले पारित गरेको थियो।