मनोरञ्जन

बोल मायाको भाग-२ पनि आउने : प्रकाश सपुत

असार २५ । पछिल्लो क्रममा ‘बोल माया’ बोलको गित बजारमा ल्याएर चर्चामा पुग्न सफल गायक एवं मोडल प्रकाश सपुत ले उत्त बोल माया गितको दोश्रो भाग पनि आउन सक्ने संकेत गरेका छन । तिज गितको म्यूजिक भिडियो छायाँकनका लागि तनहुँ आएका गायक प्रकाश सपुतले बोलमाया बोलको गित अत्याधिक रुपमा दर्शक र श्रोताहरुले रुचाईदिएकोमा खुशी व्यक्त गर्दै यस्तो संकेत गरेका हुन ।

सामाजीक सञ्जाल र यूट्यूबमा उक्त गितको प्रतिउत्तरको रुपमा विभिन्न खालका गितहरु सार्वजनिक भईरहेको सन्दर्भमा उनले गितको अर्को संस्करण पनि बजारमा ल्याउनुपर्ने आवश्यकता बनेको तर पहिलेको तुलनामा निराशावादि भन्दा पनि शोकलाई शक्तिको रुपमा वदल्ने भावको गित ल्याउने मनसायमा रहेको बताए ।

यस्तै कलाकार सपुतले यसभन्दा अगाडि दोहोरी ब्याटल बजारमा आएसँगै एकखाले चर्चा र आलोचना दुवै खालको प्रतिक्रिया आएको भन्दै ति दुवै गितको आ–आफ्नै खालका श्रोता/दर्शकहरु रहेको दावी गरे । उनले दोहोरी ब्याटलको अर्को भाग ल्याउने निश्चित भईसकेको तर केही समय लाग्ने बताए । ब्याटलको अर्को संस्करणमा पनि लेडिजको मुख्य भुमिकामा गायिका प्रिती आले नै रहने पनि तय भईसकेको उनले बताएका छन ।

सवैको मन छुने र अधिकांश दर्शकहरुलाई रुवाउने खालको मार्मिक शब्द र दृश्य सहित सामाजिक कथा वस्तु समेटिएको गित बोल माया सार्वजनिक भएसँगै गायक सपुत विभिन्न म्यूजिक भिडियोहरुमा अभिनयका लागि व्यस्त छन । उनले आगामी दिनहरुमा पनि आफुलाई साथ, सल्लाह, सुझाव दिनको लागि दर्शक श्रोताहरुमा अनुरोध गरेका छन ।

Related Articles

Back to top button
%d bloggers like this: