वेगनासताल सरसफाईमा लायन्स क्लब अफ लेखनाथ गार्डेनसिटीको सहयोग

वेगनासताल सरसफाईमा गार्डेनसिटीको सहयोग
पोखरा ,साउन ५ ।
पोखरा लेखनथा ३१ स्थित बेगनासताललाई सफा र स्वच्छ राख्नका लागि बेगनास युवा क्लवले अगाडी सारेको बृहत्त बेगनासताल सरसफाई अभियानको २० औं श्रृखलासम्म आईपुग्दा सहयोग गर्ने दाताहरुको सख्या दिनप्रतिदिन बढेको छ ।
वेगनास युवा क्लवको सक्रियता र स्थानिय सामाजीक संघ सस्था तथा स्थानियवासीको सहयोगमा गत माघ २० गते देखि संचालित अभियान अन्तरगत साउन महिनाको पहिलो सनिवार लायन्स क्लव अफ लेखनाथ गार्डेन सिटीले १३ वटा डस्वीन सहयोग गरेको हो । लायन्स क्लव लेखनाथ गार्डेन सिटीको सहयोगमा संकलन गरिएका १३ वटा डस्वीन लायन्स कलव डिष्ट्रिक ३२५ वी १ नेपालका ए ओ जी विशेश्वर आचार्यले हस्तान्त्रण गर्दै वातावरण प्रदुषणबाट बच्न व्यक्ति स्वयम आफै सचेत हुनु पर्ने बताएको लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटीका अध्यक्ष नवराज सापकोटाले बताए ।