ज्ञानको आखाँ नदेख्नेहरु दृष्टि विहिन भएको मन्त्रि थापाको भनाइ
ज्ञानको आखाँ नदेख्नेहरु दृष्टि विहिन भएको मन्त्रि थापाको भनाइ
पोखरा ,साउन ५ ।
गण्डकी प्रदेशाका भुमि ब्यवस्था,कृर्षि तथा सहकारी मन्त्रि लेख वहादुर थापाले ज्ञानको आखा नदेख्नेहरु दृष्टि विहिन भएको बताएका छन् ।नेत्रहिन संघ कास्कीद्धारा संचालीत समदृष्टि बचत तथा ऋण सहकारी सस्थाको आठौं बार्षिक साधारण सभाको सनिवार उद्घाटन गर्दै मन्त्रि थापाले मानिसमा भएका तीन बटा आखा मध्य दुई बटा आखाँले देखे पनि भित्र ज्ञानको आखाँले दया, माया,न्याय र अन्याय छुटउन नसक्नेहरु दृष्टि विहिन भएको परिभाषा गरेका हुन् ।
सवैमा केही न केहीको कमि हुन्छ तर शारिरिक रुपमा केही कमजोर भयो भन्दैमा मनलाई कत्ती पनि सानो नगरी आट,साहास र उत्साहका साथ केही गरेर देखाउने प्रतिबद्धताका साथ अगाडी वढ्न आग्रह गर्दै मन्त्रि थापाले आफु भावनात्म रुपले अपाड्डताको पक्षमा रहेकाले सिप र ब्यवहारीक ज्ञानको माध्यमबाट सवैले बाच्न सक्ने आधारहरु खडा हुनु पर्नेमा जोड दिएका थिए । जग्गा बाझो राख्नलाई वढि करको ब्यवस्था गर्ने गरि भुमी सम्वन्धी नियम बन्न लागेको जानकारी गराउदै गण्डकी प्रदेशको २४ लाख जनसख्या र सोही अनुपातको दोब्वर पर्यटन भित्राउने हाम्रो जुन लक्ष्य छ सोही अनुसार अवको दुई वर्ष भित्र कृषि उत्पादनलाई दोव्वर बनाउने लक्ष्य प्रदेश सरकारको भएको धारणा राखेका थिए । कार्यक्रममा एभिलिएम फाउण्डेसन नेपालका प्रतिनिधी डाक्टर विरेन्द्रराज पोखरेले आपाड्डमैत्री कानुन निर्माणका लागि अनुरोध गर्दै जिविकोपार्जनका लागि आय आर्जनलाई कसरी वढाउन सकिन्छ भन्ने बारेमा चिन्तनसिल हुन सवैमा अनुरोध गरेका थिए ।
समदृष्टि बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारी,जल्धारे बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष श्रीकान्त ढुगाना, नेत्रहिन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदी,थी एन्जल रेडियोका निर्देशक डाक्टर राजेन्द्र बहादुर गौतम,सहकारीकी पुर्व अध्यक्ष सोभा गौतम, सह सचिव पुष्पराज रिमाल,आन्तरिक राजश्व कार्यालय पोखरा कर अधिकृत विजय लामिछाने लगाएतले आ आफनो धारणा राखेका थिए ।