समाचार

पोखरामा डाक्टर केसी बचाउ अभियान शुरु

पोखरा, साउन ६ ।
पोखराको मुख्य बजार चिप्लेढुङ्गामा नागरिक समाज पोखरा, युथ नर्स सञ्जाल र नेपाल चिकित्सा संघ गण्डकी शाखा पोखराले संयुक्त रुपमा ‘डाक्टर केसी बचाउ अभियान’सञ्चालन गरेका छन् । उनीहरुले पोखरामा डाक्टर गोविन्द केसीका हस्ताक्षर अभियानलाई अगाडी बढाएका छन् ।
कार्यक्रमका संयोजक एवम नागरिक समाजका अध्यक्ष बिष्णुहरि अधिकारीले डाक्टर गोविन्द केसीको समर्थनमा विभिन्न कार्यक्रम गरेको बताए । सरकारले डाक्टर गोविन्द कसीको स्वास्थ्य स्थितिप्रति ध्यान दिएर, उनको माग पूरा गर्न सरकारसगँ माग गरेका छन । केसीका माग पुरा नभए अझ शसक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

Related Articles

Back to top button
%d bloggers like this: