बोलबम यात्रा सम्पन्न

लेखनाथ, साउन ७ । पोखरा लेखनाथ-३० देउरालीखोला स्थित ऊँकारेश्वर शिव मन्दिर संरक्षण समिति र उमामहेश्वर संरक्षण समितिको संयुक्त आयोजनामा श्रावण महिनाको पहिलो सोमबार बोलबम यात्रा सम्पन्न भएको छ ।
देउरालीखोला ऊँकारेश्वर शिव मन्दिरबाट शुरु गरीएको वोलबम यात्रामा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजीविहरु लगाएतको उपस्थिति रहेको थियो ।
श्रावण महिनामा भगवान शिवले निलकण्ठ विषपान गरेको धर्मशास्त्रमा उल्लेख गरिएको र पार्वतीले शिवजीको तपस्या गरेको महिना पनि भएकाले श्रावण महिना विशेष महिनाको रुपमा लिइन्छ । हिन्दु धर्मलाइ चारैतिरबाट आक्रमणलाइ रोक्दै हिन्दुत्व भाव जगाउन पनि यसै गरी ऊँकारेश्वर शिव मन्दिर संरक्षण समितिका सचिव लिलामणी त्रिपाठीले भने । वेगनासतामा कलशमा जल भरी ऊँकारेश्वर शिव मन्दिरमा पुगी जलशिवर्पण गरी समापन भएको हो ।
साउनको हरेक सोमबार भगवान शिवको आराधना एवम् ब्रत गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता रहेकोछ ।
विशेष गरी महिलाहरु हरियो पहिरनमा चुरा र मेहन्दी लगाएर भगवान शिवको पुजा आराधना गर्दै ब्रत बस्ने गर्छन्।