नेपाली कांग्रेस पोखरा लेखनाथ २८ अग्रज कार्यकर्ता भेला सम्पन्न
माझठाना, साउन ९ ।
नेपाली कांग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नं.२८ को अग्रज कार्यकर्ता भेला बुधबार सम्पन्न भएको छ ।
नेपाली कांग्रेस वडा नं.२८ का वडा सभापति विकास लामा गुरुङको अध्यक्षतामा सम्पन्न भएको भेलामा नेपाली कांग्रेस कास्की जिल्ला सदस्य देवेन्द्र रानाभाटले विगतका कमीकमजोरीलाइ आत्म समिक्षा गर्दै सबै कार्यकर्ताहरुलाइ एकजुट हुन आग्रह गरे । कार्यक्रममा रानाभाटले सरकारले राज्यको ढिकुटी आफ्ना पार्टीका कार्यकर्तालाइ बाँडेको आरोप लगाउँदै अधिनायकवाद सरकारविरुद्ध लड्नुपर्नेवेला आएको बताए ।
त्यस्तै गरी नेपाली कांग्रेस पूर्व महाधिवेशन प्रतिनिधि विर बहादुर बुढाथोकीले नेपाली कांग्रेसले सबै कार्यकर्ताको भावना बुझी सकारात्मक विचार राखी अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्दै नेपाली कांग्रेसले चुनाव हार्दैमा आतिन नपर्ने बताएका थिए भने वडा नंं२८का सचिव राजेश अधिकारीले कार्यक्रम सन्चालन गरेका थिए ।