लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वृक्षारोपण कार्यक्रम सम्पन्न
कास्कीकोट, साउन १२ ।
लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक वर्ष नियमिति रुपमा वृक्षारोपण गर्दै आएको क्लबले शनिवार पोखरा लेखनाथ २४ कश्यप तालको परिसरमा वृक्षारोपण सम्पन्न गरेको हो ।
क्लबका अध्यक्ष चन्द्रेश्वर वस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रिजन २ का रिजन चियर पर्सन माधव पौडेलले क्लबले संस्थालाइ बलियो बनाउँदै सामाजिक तथा मानविय सेवाका कार्य गरेमा आत्म सन्तुष्टि हुने भन्दै लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ का डिष्ट्रिक गभर्नर अशोक कुमार श्रेष्ठको नारा दिएर बाँचौ भन्ने भावलाइ आत्मसाथ गर्दै आगामी दिनमा सामाजिक कार्यहरु सन्चालन गर्न सुझाव दिएका थिए ।
त्यस्तै गरी जोन चियर पर्सन ऋषिराम रानाभाटले वातावरण स्वच्छ राख्न पोखरा आदर्श चौतारीले राम्रो गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा क्लबले अयोजना गर्ने सामाजिक तथा मानविय कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । चाँप, धुपी, बेलपत्र, वरपिपल, लप्सी लगाएत २०० भन्दा बढी विभिन्न जातका विरुवाहरु रोपिएको कार्यक्रममा समाजसेवी सुकदेव बस्तोकोटी, क्लबका संस्थापक अध्यक्ष वासुदेव कोइराला, पूर्व अध्यक्ष राजेन्द्र भण्ढारी, पूर्व अध्यक्ष दयाशंकर गौतम लगाएतले कार्यक्रमको वारेमा स्पष्ट पारेका थिए ।
प्रथम उपाध्यक्ष नारायण बहादुर थापाले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव वसन्त राज कोइरालाले गरेका थिए भने वृक्षारोपण कार्यक्रमका संयोजक भरतराज सिग्देलले धन्यवाद ज्ञापन गरेका थिए ।