शिशुवा नेवा खलद्धारा खुला रक्तदान कार्यक्रमको आयोजना

शिशुवा , साउन १२ ।
पोखरा लेखनाथ ३० शिशुवा नेवा खलले शनिवार खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कास्की जिल्ला नेवा खलको रजत जयन्तिका अवसरमा सम्पन्न रक्तदान कार्यक्रममा ७५ प्वाइन्ट रगत संकलन भएको हो ।
रक्तदान जीवन दान, जीवन दान महादान भन्ने उद्धेश्यलाइ आत्मसाथ गर्दै आयोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथि वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोख्रेलले पहिलो रक्तदाता कमलराज सापकोटालाइ ल्वड व्याग हस्तान्तरण गरी शुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले रक्तदानको महत्वको वारेमा प्रकाश पार्दै शिशुवा नेवा खलले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको खुशी व्यक्त गर्दै आगामी दिनमा शिशुवा नेवा खलले आयोजना गर्ने विभिन्न सामाजिक कार्यक्रममा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसै गरी कास्की जिल्ला नेवा खलका अध्यक्ष अशोक पालिखे, शिशुवा नेवा खलका सल्लाहकार हर्क बहादुर श्रेष्ठ, उत्तम श्रेष्ठ लगाएतले आ आफ्नो धारणा व्यक्त गरेका थिए । शिशुवा नेवा खलका अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव कृष्ण कतिलाले गरेका थिए ।