समाचार

देशभर कांग्रेसको शक्ति प्रदर्शन

पोखरा, साउन १५ ।

संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ। सरकार कानूनी शासनको खिल्ली उडाउन लागिपरेको आरोप लगाउँदै कांग्रेसले यसअघि नै घोषणा गरेको कार्यक्रम अनुसार नै देशभर प्रदर्शन गरेको हो । सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन, देउवा सरकारले विधिसम्मत गरेका नियुक्तिहरू गैरकानूनी तवरले खारेजी, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको जस्ता विभिन्न आरोप लगाउँदै कांग्रेस सडक संघर्षमा उत्रिएको हो ।

यसै गरी नेपाली काग्रेस कास्की ले पनि पोखरामा सरकार बिरुद्ध बिरोध प्रदर्सन गरेको छ ।सरकार सर्बसत्ताबाद तिर गएको,जथाभावी कर बढाएको,अधिनायकवादी बाटोमा हिडेको आरोप लगाउदै पोखरामा प्रदर्शन गरिएको हो ।पोखराको पृथ्वी चोक देखि शुरु भएको र्यालि ,सभागृह चोक,न्युरोड हुँदै बिपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे ।कोण सभामा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य जीवन परियार ले सरकार सर्बसत्ताबाद तिर गएकोले सडकमा आएर बिरोध गर्न परेको बताए।

पुर्ब मन्त्री यज्ञ बहादुर थापाले बर्तमान सरकारले जनताको हितमा काम नगरेको भन्दै ,राष्टको प्रधानमन्त्री सबै जनताको अभिभावक बन्न नसकेको आरोप लगाए।सासद सुर्य बहादुर केसि ले सरकारले बढाएको कर बाट जनता आतंकित भएको बताए । कोणसभामा ,गण्डकी प्रदेश सासद बिन्दु कुमार थापा,नेपाली काग्रेस का नेता देबराज चालिसे ,कास्की सभापति कृष्ण केसि ,सचिब सुदिपमोहन भट्टराई ,नेपाल महिला संघ कास्की सभापति कोपिला रानाभाट ,नगर सभापति बजिरमान श्रेष्ठ ,तरुण दल कास्कीका सभापति मनोज गुरुङ ,अन्नपूर्ण गाउँ पालिका अध्यक्ष युबराज कुवर ,लगाएतले सरकारको पछिल्लो कदम प्रति बिरोध जनाएका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: