राशिफल

दैनिक राशिफल

दैनिक राशिफल

वि.सं. २०७५ साल साउन १७ गते। बिहीबार। इश्वी सन् २०१८ अगस्ट २ तारिख। नेपाल संवत् ११३८ श्रावण कृष्णपक्ष। तिथि– पञ्चमी,

मेष

आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुपर्ला। आफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने देखिन्छ।

बृष

लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यको नाफा गुम्न सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला।

मिथुन

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले पनि अवसर दिलाउन सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।

कर्कट

परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। नयाँ काममा शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।

सिंह

पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला।

कन्या

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ।

तुला

विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।

बृश्चिक

व्याहारिक समस्याले अलमल्याउन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नअाउन सक्छ। कामकाे चाप बढ्ने समय छ। तर, लक्ष्यअनुसार उपलब्धि हातपार्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। तापनि प्रयत्न गरेका काम सम्पादन हुनेछन्।

धनु

असमझदारीका बीच साझेदारसँग सम्झौता गर्नुपर्ला। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। घर–परिवारमा विवाद आउने समय छ। तर शुभचिन्तकहरूको साथ जुट्नाले काम चिताएका बनाउन सकिनेछ।

मकर

नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्गे धनलाभ हुनेछ।

कुम्भ

धेरै बोल्दा समस्या आउन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। हिसाबकिताबमा पनि विवाद आउन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला।

मीन

अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला।

Related Articles

Check Also
Close
  • राशिफल
Back to top button
%d bloggers like this: