समाचार

गण्डकी प्रदेश सरकारले १ हजार शैयाको अस्पताल बनाउने

गण्डकी प्रदेश सरकारले १ हजार शैयाको अस्पताल बनाउने
पोखरा, साउन २१ ।
गण्डकी प्रदेशको सरकारले १ हजार शैयाको अस्पताल बनाउने जग्गाको खोजी गर्न सुरु गरेको छ । सरकारले विशेष समिति गठन गरेर अस्पतालको पूर्व सम्भाब्यता अध्ययन गरिसकेको छ । सुविधा सम्पन्न पाँचवटा विशिष्टीकृत रोगको उपचार गर्ने अस्पताल निर्माणको योजना अघि बढाएको हो ।
प्रदेशभित्र विशेष पूर्वाधार नहुँदा अहिले जटिल रोगका बिरामीले उपचारमा पोखरा बाहिर जानु पर्ने बाध्यता छ । धेरैले काठमाडौ र विदेशमा पुगेर उपचार गराउन बाध्य छन् । प्रदेश सरकारले एक हजार शैयाको ‘जनरल’ सहित मुटु, मिर्गौला, क्यान्सर, महिला र बालरोगको उपचार गर्ने गरी विशिष्टीकृत अस्पताल बनाउन योजना बताएको हो । प्रदेश सरकारले गठित अध्ययन टोलीले प्रतिवेदन सामाजिक विकास मन्त्री नरदेवी पुनलाई बुझाएको छ । गत जेठ २९ गते मन्त्रीस्तरीय निर्णयबाट प्राडा डुकबहादुर क्षेत्रीको संयोजकत्वमा चिकित्सक र अर्थशास्त्रका प्राध्यापक सहभागी एक टिम गठन भएको थियो ।
त्यही टिमले अध्ययन गरेर सामाजिक विकास मन्त्रीलाई प्रतिवेदन बुझाएको हो । विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउनुपर्ने भएकाले अहिले लागत अनुमान भने नगरिएको समितिका एक सदस्यले बताए ।

Related Articles

Back to top button
%d bloggers like this: