समाचार

भगवान शिव र पार्वतीको महिमा, वोलबम यात्रा साउनको महिना

लेखनाथ, साउन २१ ।
पोखरा लेखनाथ ३० देउरालीखोला स्थित ऊँकारेश्वर शिव मन्दिर संरक्षण समिति र उमामहेश्वर संरक्षण समितिको संयुक्त आयोजनामा श्रावण महिनाको आज तेस्रो सोमबार बोलबम यात्रा सम्पन्न भएको छ । देउरालीखोला ऊँकारेश्वर शिव मन्दिर र ऊमामहेश्वर शिव मन्दिरबाट वोलबम यात्रामा शुरु गरीएको हो ।

श्रावण महिनामा पार्वतीले शिवजीको तपस्या गरेको महिना भएकाले श्रावण महिना विशेष महिनाको रुपमा लिइन्छ । बोलबम यात्रा वेगनासतामा कलशमा जल भरी ऊँकारेश्वर शिव मन्दिर र उमामहेश्वर शिव मन्दिरमा पुगी जलशिवर्पण गरी समापन भएको ऊँकारेश्वर शिव मन्दिर संरक्षण समितिका अध्यक्ष रमानाथ पौडेलले बताए । साउनको हरेक सोमबार भगवान शिवको आराधना एवम् ब्रत गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहेकोछ ।

साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता रहेकाले विशेष गरी महिलाहरु हरियो पहिरनमा चुरा र मेहन्दी लगाएर भगवान शिवको पुजा आराधना गर्दै ब्रत बस्ने गर्छन्।

Related Articles

Back to top button
%d bloggers like this: