स्वास्थ्य

पोखरा महानगर स्वास्थ्य महाशाखाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा, २३ साउन
पोखरा महानगरको स्वास्थ्य महाशाखाको आयोजनामा पोखरा महानगरपालिका कार्यालय न्युरोडमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । महानगरका कर्मचारी, जनप्रतिनिधि र महानगरमा आउने सेवाग्राहीलाई ध्यानमा राखी निशुल्क स्वास्थ्य शिविर गरिएको महाशाखाका प्रमुख हेमन्त शर्माले जानकारी दिए ।

उनका अनुसार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म भएको शिविरमा ३ सय ७३ जनाले रक्तचाप, मधुमेहको परीक्षण गर्नुका साथै ८५ जनालाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीलाई नियमित स्वास्थ्य जाँचको महत्वको साथै स्वास्थ्य सचेतना जगाउन शिविर गरिएको शर्माले बताए । महानगरका मेयर मानबहादुर जिसीको स्वास्थ्य परीक्षण गरी शिविर शुभारम्भ भएको थियो भने महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले पनि स्वास्थ्य परीक्षण गराएका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: