समाचार

पोखरा २८ मा शिक्षक संघ वडा इकाइ समिति गठन

माझठाना, साउन २५ ।
पोखरा महानगरपालिका वडा नं.२८ मा शिक्षक संघ वडा इकाइ समिति गठन गरिएको छ । नेपाल शिक्षक संघ कास्की जिल्लाका महिला उपाध्यक्ष डाल्डा देवी भुजेल र नेपाल तरुणदल क्षेत्रि सभापति राधाकृष्ण तिवारीको विशेष उपस्थितिमा वडा संयोजक त्रिलोचन तिवारीको संयोजकत्वमा इकाइ समिति गठन गरिएको हो ।

सर्वसम्मत रुपमा गठन गरिएको समितिको उपाध्यक्षमा कमला केसी खत्री, सचिवमा सृजना लामिछाने, कोषाध्यक्षमा सविना लामिछाने रहेका छन् । सदस्यहरुमा यदुनाथ पाण्डे, केशवराज अधिकारी, रामबहादुर भुजेल, हरिष्चन्द्र तिवारी, कुल प्रसाद तिमिल्सिना रहेका छन् भने सल्लाहकारहरुमा गोपाल बहादुर बुढाथोकी, मुक्तिनाथ अधिकारी, डाल्डा देवी भुजेल, पूर्ण बहादुर खत्री र दिपक प्रसाद भुर्तेल रहेका छन्।

Related Articles

Back to top button
%d bloggers like this: