बेगनासताल बृहत सरसफाई अभियानको २३ औं हप्ता सम्पन्न
वेगनासताल, साउन २६ ।
बेगनास युवा क्लबको आयोजनामा निरन्तर चलिरहेको बेगनासताल बृहत सरसफाई अभियानको २३ औँ हप्ता शनिबार सम्पन्न भएको छ । यो हप्ताको अभियानमा बेगनास युवा क्लबको परिसरबाट वेगनासतालको ड्यामसाइड, वेगनासतालको नहरको वाटो , वेगनासताल वस पार्क सम्म सरसफाइ गरिएको क्लबका अध्यक्ष राम रानाभाटले जानकारी दिए । कार्यक्रममा क्लबका जुजारु युबाहरु सगैँ लेखनाथ होटल एशोसिएसन, बेगनास बस सञ्चालक समिती , बेगनासताल महिला समुह, पर्यटन मार्ग महिला समूह, जलेश्वर शिव मन्दिर सन्चालन समिति, मिलनसार तमू समाज, वेगनासताल टोल विकास संस्था, वेगनासताल बजार व्यवस्थापन समिति, डयामसाइड युवा क्लब, पचभैया सामुदायिक वन उपभोक्ता समूह, अम्मर सिद्ध नमूना मावि, मिलनसार तमु समाज, सिड फाउण्डेसन, राइजिङ युवा क्लब रिठेपानी लगाएतका विभिन्न सामाजिक संघ संस्थाहरुको उपस्थिती रहेको थियो ।
सरसफाई अभियानका अभियन्ता तथा क्लबका अध्यक्ष राम रानाभाटले बेगनास बृहत सरसफाई अभियान शुरु गर्दै पानी परेको वेलामा पनि सयौं मानिसको उपस्थितिले आफूलाइ थप उर्जा मिलेको बताउँदै वेगनासतालको क्षेत्रलाइ फोहोर मैला मुक्त बनाइ आन्तरिक तथा वाह्य पर्यटन विकास गर्ने आफ्नो एक मात्र उद्धेश्य रहेको रानाभाटले बताए । सरसफाइ अभियानमा आफ्नो कुनै स्वार्थ नरहेको बताउँदै सरसफाइ अभियान निरन्तर रुपमा चलिरहने हुनाले आगामी दिनमा पनि साथ दिन सबैमा आग्रह गरेका थिए ।
पोखरा लेखनाथ २६ बुढिबजारमा रहेको लेखनाथ सिठी हस्पिटलले सौजन्य स्वरुप प्रदान गरेको ६ थान डस्टविन, क्लवले व्यवस्था गरेको १४ थान गरी जम्मा २० थान वेगनासतलाको डयाम साइ, माथिल्लो नहरचोक र तल्लो नहर चोकमा राखिएको रानाभाटले जानकारी दिएका छन् ।