समाचार

लायन्स क्लव रिजन चार अन्तर्गतका लायन्स क्लबहरुकोे संयुक्रm पदस्थापना तथा उद्घाटन कार्यक्रम

लेखनाथ, साउन २८ ।
लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि १ नेपाल अन्र्तगत रिजन चारमा रहेका जोन ७ र ८ अन्तगर्त ७ लायन्स क्लब र२ लियो क्लवहरु संयुक्त पदस्थापन तथा उद्घाटन कार्यक्रम आईतवारसम्पन्न भएको छ । रिजन अन्तरगत रहेका क्लवको सामुहिक पदस्थापनले सवै कलव विच भातृत्वको सम्वन्ध विस्तार भएको जोन आठका जोन चियर प्रसन सुर्यनारायण वरालकोे भनाई रहेको छ ।
कार्यक्रममा लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि एक नेपालका गर्भनर लायन अशोक कुमार श्रेष्ठले क्लबका नवनिर्वाचित अध्यक्षहरुलाई शपथ गराउँदै लायन्स अभियानमा सहभागीहुन अनुरोध गरेका थिए । एल सि आइ एफ एरिया लिडर वालकृष्ण वुर्लाकोटी, एफ डब्लु सि मल्टीपल कोअर्डिनेटर धु्रव थापा, जोन ७ का जोन चियर पर्सन बसुधा भट्टराइ लगाएतकाले शुभकामना मन्त्वय राखेका थिए भने रिजन ४ का रिजन चियर पर्सन एव्म कार्यक्रम संयोजक लायन मधुसुधन कोइरालाले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको पहिलो सत्रमा लायन बर्ष २०१७÷१८ का क्लब अध्यक्षहरुले बर्ष १७÷१८ मा सम्पन्न भएका कार्यक्रमका बारे बोलेका थिए । कार्यक्रमको दोस्रो सत्रमा लायन बर्ष २०१८÷१९ का नवनिर्वाचित अध्यक्षहरुले बार्षिक योजना प्रस्तुत गरेका थिए ।लायन्स क्लव अफ लेखनाथका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रम संयोजक कोइरालाले जानकारी दिए ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: