खेलकुुद

बादल स्मृती कप सेभेन ए साईड फुटवल प्रतियोगिताको आयोजना

पोखरा, साउन २८ ।
तीन वर्ष पहिला आफनै कार्यकर्ताबाट हत्या गरिएका काग्रेस नेता रामजी पौडेल बादलको सम्झनामा स्मृती सभा सहित प्रथम बादल स्मृती कप सेभेन ए साईड फुटवल प्रतियोगिताको आयोजना गरिएको छ ।
रामजी बादल मेमोरियल ट्रस्टको आयोजनामा सोमबार भएको स्मृती सभामा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य जिवन परियारले बाम गठबन्धनको सरकारले दुई तिहाईको दम्वमा गैह्कानुनी काम गर्दै आएको आरोप लगाउदै राजश्वको नाममा जनताको ढाड नै सेक्ने गरि कर बृद्धि गरेकाले यसमा काग्रेसको आपत्ती रहेको र विकासका लागि काग्रेस सहयोग गर्न तयार छ तर जनता कै विरुद्धमा काम गरियो भने आन्दोलनको आधी बेरी ल्याएर पनि सरकारलाई घुडा टेकाएरै छाड्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली काग्रेस कास्की क्षेत्र नं १ का क्षेत्रिय सभासति बृजमान गुङङ,पोखरा नगर सभापति बजिरमान श्रेष्ठ,महासमिति सदस्य ऋषि काफले, जिल्ला सदस्य रामवावु भण्डारी,महिला संघकी केन्द्रि सदस्य तारा अधिकारी,काग्रेस नेतृ सरस्वती गुङङ,सेभन ए साईड फुटबलका केन्द्रिय अध्यक्ष नविन पुन र नव प्रतिभा युवा क्लवका अध्यक्ष प्रताप बानियाँ लगाएतले रामजी बादलले बोकेका सपनालाई काग्रेस नेताहरुले पुरा गरेर छाड्नु पर्ने सुझाव राखेका थिए ।
रामजी बादल मेमोरियल ट्रस्टकी अध्यक्ष बादल पन्ती चन्द्रबती पौडेलको अध्यक्षताभा भएको सो कार्यक्रमा बादलको राजनितीक पृष्टभुमी र घटना क्रमका बारेमा दाजु रामचन्द्र पौडेलले राखेका थिए भने कार्यक्रम संचालन सचिव बिश्व पौडेल र धन्यवाद ज्ञापन सदस्य मिलन प्रसाद तिवारीले गरेका थिए ।
वि स २०७२ साउन २८ गते राती काग्रेस कार्यकर्ताद्धारा नै हत्या गरिएका काग्रेस नेता रामजी बादलको स्मृतीमा राखिएको प्रथम बादल स्मृती कप अन्तरग सोमवार सैनिक पावर हाउस फुटवल क्लव,युनिभर्शल फुटवल क्लव,दियालो युवा क्लव र चौतारी फुटवल क्लवका विच खेल भएको थियो । प्रतियोगीतामा स्थानिय स्तरका ५१ टिमको सहभागीता रहेको छ भने प्रतियोगीताको विजयी टिमलाई ८० हजार र उप बिजेता टिमलाई ४० हजार प्रदान गरिने खेल संयोजक प्रताप बानियाँले जानकारी दिएका छन् ।

Related Articles

Back to top button
%d bloggers like this: