समाचार
प्रकाण्डलाई ४८ घन्टाभित्र हाजिर गराउन सर्वोच्चको आदेश
काठमाण्डौ, साउन २८ ।
नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई ४८ घन्टाभित्र अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
उनलाई रिहाइको माग गर्दै नरेन्द्रबहादुर सिंह विश्वकर्माले दिएको निवेदन उपर सर्वोच्चका कामु न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले प्रकाण्डलाई किन थुनामा राखिएको हो? बन्दीसहित लिखित जवाफ दिन सरकारका नाममा आदेश दिएको हो।
प्रकाण्डलाई चन्दा लिएको आरोपमा थुनामा राखिएको छ। गत बुधबार प्रकाण्डसहित हरिचन्द्र आचार्य,मनबहादुर श्रेष्ठ लगायतका नेताहरुलाई पक्राउ गरेको थियो।