समाचार
संसदीय समितिका सभापतिको निर्वाचन भदौ ५ गते
काठमाण्डौ, साउन २८ ।
प्रतिनिधि सभा अन्तर्गत रहेका समितिहरुको सभापतिको निर्वाचन भदौ ५ गते हुने भएको छ। प्रतिनिधि सभाको नियमावली नियम १७३ को उपनियम १ बमोजिम आगामी मंगलवार बिहान ११ बजे समितिको सभापतिहरुका लागि निर्वाचन हुनेछ।
समितिहरुको सभापति निर्वाचन सम्बन्धी सूचना आजै प्रकाशित गर्न सभामुख कृष्णबहादुर महाराले संघीय संसदका महासचिवलाई निर्देशन दिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न विधेयकहरु प्रस्तुत गरिएको थियो। प्रतिनिधि सभाको अर्को बैठक साउन २९ गते १ बजे बस्नेछ।