समाचार

भक्तपुरको लोकन्थलीमा भेटिएको बम सेनाले पा¥यो निष्क्रिय

भक्तपुर, साउन २९ ।
नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पार्टीले आफ्नो पार्टीका स्थायी समितिका सदस्य एवम् प्रवक्ता प्रकाण्ड सहित तीन जना गिरफ्तारीको रिहाइको माग गर्दै आज नेपाल बन्दको क्रममा भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले दुबै ठाउँमा भेटिएको बम निष्क्रिय पारेको छ।
सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो। दुबै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताए। नेत्रविक्रम चन्द
(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दले लेखनाथमा मा कुनै पनि सार्वजनिक सवारीका साधनहरु चलेका छैनन् । त्यसै गरी शैक्षिक संस्थाहरु चल्न सकेनन् । राजमार्गमा वन्दकर्ता नदेखिए पनि लेखनाथका चोक चोक मा सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको छ भने अहिले सम्म कुने अप्रिय घटना नघटेको प्रहरी स्रोतले बताएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: