समाचार
हिमालय मार्गमा सरसफाइ कार्यक्रम सम्पन्न
लेखनाथ, साउन २९ ।
पोखरा महानगरपालिका वडा नं.३० र ३१ को सिमाना माहोरियामा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । हिमलाल तिवारीको अध्यक्षतामा सम्पन्न भएको सरसफाइ कार्यक्रममा उन्नती टोल विकास संस्था, प्रगती टोल विकास संस्था, निर्माण टोल विकास संस्था, हिमालय हाइलेण्ड टोल विकास संस्था, सुखे डाँडा टोल विकास संस्था, वयर पाके कृषक महिला समूह, चक्रदेवी बहुउद्धेशिय दुग्ध उत्पादन सहकारी संस्था लगाएतका विभिन्न सामाजि संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।
मोहोरिया चोक देखि सुखे डाँडा सम्म सरसफाइ गरिएको थियो । वातावरण लाइ सफा राख्ने उद्धेश्येले आयोजना गरिएको कार्यक्रममा फोहोर मैला जथाभावी नफाल्न समुदायलाइ आग्रह गरिएको थियो । सड्ने र नसड्ने फोहोर मेलालाइ छ्टयाइ व्यवस्थापन गरिएको भुवन श्रेष्टले जानकारी दिए ।