नेपाल विद्यार्थी संघको २८ मा भण्डारी
लेखनाथ ३१ साउन
नेपाल विद्यार्थी संघ कास्की, क्षेत्र नं १ ले आफ्नो समिती विस्तार गरेको छ । क्षेत्र नं १ सभापती सागर रानाभाटले नोपल विद्यार्थी संघको विधान अनुशार वडा स्तरमा समेत संगठन विस्तार गरेका छन् । वडा नं २८ को संघठन विस्तार कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाली काग्रेस वडा नं २८ सभापती विकास गुरुङ्गले युवा शक्ति भनेको भविष्य र वर्तमान समेत हुन र युवाकै माध्ययमवाट देश समृद्ध वन्ने वताएका छन् ।
सोही कार्यक्रममा नेपाल तरुण दल वडा नं २८ सभापती सिताराम तिवारी, नेविसंघ पुर्व जिल्ला सभापती कल्याणवावु भण्डारी, केन्द्रिय सदस्यहरु भानु ढकाल, पुनम भट्ट, जिल्ला उपाध्यक्ष समित केसी, जिल्ला सचिव सर्घष कोइराला, सहसचिव प्रकाश रमण अधिकारी, विद्यार्थी नेता हेमन्त पाण्डे लगाएतले वोलेका थिए । सोही भेलावाट सर्व सम्मत रुपमा रविन्द्र भण्डारीको सभापतित्वमा २१ सदस्य कार्यसमती चयन गरेको छ ।