समाचार

नयाँ कानुनमा कमीकमजोरी भेटिए संशोधन ः प्रधानमन्त्री

काठमाण्डौ , भदौ १ ।
प्रधानमन्त्री केपी ओलीले नयाँ कानुनमा कमीकमजोरी भेटिए संशोधन गरिने बताएका छन् ।कानुन मन्त्रालयले शुक्रबार सिंहदरबारमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ कानुन कार्यान्वयनका क्रममा त्रुटि भेटिए सच्याउन तयार रहेको प्रस्ट पारेका हुन् । शुक्रबारदेखि लागू भएको ुमुलुकी अपराध संहिता र मुलुकी देवानी संहिताका प्रावधानका सम्बन्धमा विभिन्न कोणबाट टीकाटिप्पणी भएपछि प्रधानमन्त्रीको यस्तो धारणा आएको हो।

नयाँ ठाउँमा नयाँ काम सुरु गर्दा असजिलो हुने भन्दै उनले यो विस्तारै सहज हुँदै जाने र नयाँ कानुन कार्यान्वयन सहज र स्वाभाविक हुने विश्वास व्यक्त गरे। ६—७ वर्षको छलफल, बहसपछि नयाँ कानुन जारी भएको भन्दै प्रधानमन्त्री ओलीले अहिलेको बहस असान्दर्भिक रहेको बताए।

Related Articles

Back to top button
%d bloggers like this: