समाचार

संसदीय समितिका सभापतिको निर्वाचन भदौ १७ मा

काठमाण्डौ , भदौ १ ।
प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिको निर्वाचन मिति सरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले सभापति निर्वाचन भाद्र १७ गते हुने जानकारी गराएका हुन् । विशेष कारणले प्रतिनिधिसभा नियमावलिको नियम १ सय ७३ को उपनियम १ बमोजिम समिति सभापतिको निर्वाचन कार्यतालिका सारिएको उनले बताए ।

साथै उनले समितिको सभापति निर्वाचन सम्बन्धी संशोधित सूचना प्रकाशित गर्न प्रतिनिधिसभाका सचिव गोपाल नाथ योगीलाई निर्देशन दिए । यसअघि सभापतिको निर्वाचन भदौ ५ गते मंगलबार ११ बजेका लागि तोकिएको थियो ।यसैबीच बैठकमा सरकारले भुक्तानी तथा फस्र्यौट विधेयक २०७५ विधेयक प्रस्तुत गरेको छ । सरकारका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले सो विधेयक प्रस्तुत गरेका हुन् । विधेयकमाथि कुनै पनि विरोधको सूचना परेको छैन । अर्कौ बैठक भदौ ४ गते सोमबार १ बजेका लागि बोलाईएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: