समाचार

लक्ष्य अनुुसार नै काम भएको वडा अध्यक्ष गुरुङको दाबी

लक्ष्य अनुुसार नै काम भएको वडा अध्यक्ष गुरुङको दाबी
लेखनाथ, भदौ १ ।
पोखरा महानगरपालिका वडा नं २७ ले गत आर्थीक बर्ष २०७४÷७५मा वडा भित्र लक्ष्य अनुसार कै विकास निर्माणका काम गर्न सफल भएको छ । वडा नं २७ ले गत आर्थीक बर्षमा गरेका विकास निमार्ण र वडागत सेवा सुविधाका बारेमा जानकारी दिने उदेस्यले राखिएको पत्रकार भेटघाट कार्यक्रममा वडाअध्यक्ष पुर्ण कुमार गुरुङले वडागत योजना र महानगर स्तरिय बिकासका काममा सत प्रतिशत उपलब्धी भएको दावी गरेका छन्। वडाअध्यक्ष गुरुङले आफनो वडामा वडागत रहेका ३९ वटा योजनाहरु सफलता पुर्वक सम्पन्न भई करिव एक करोड ३० लाख ८२ हजार तीन सय खर्च भएको र महानगरपालिकाको वडा विकास कार्यक्रम अन्तरगत एक करोड १० लाख गरि करिव दुई करोड ४० लाख बरावरको काम भएको बताएका छन् ।

वडा नं २७ लाई नमुना वडा बनाउनका लागि यहाँ रहेका समाजीक संघ सस्थाहरुलाई धन्यबाद दिदै वडाअध्यक्ष गुरुङले गत आर्थीक बर्षमा आफनो टोल आफै बनाउ कार्यक्रम अन्तरगत पचाँस पचाँस प्रतिशत अन्तगर १३ बटा योजना सम्पन्न भई करिव १० करोड वरावरको काम भएका छन् भने महानगर केन्द्र जोड्ने कनेक्टिङ रोड अन्तरगत परेका दुई बटा योजना मध्य एक योजना सम्पन्न र अर्को योजना निर्माणधिन रहेको जानकारी गराएका थिए । सेवाग्राहिलाई प्रदान गरिने नियमीत सेवाको साथमा गत आर्थीक वर्षमा वडाका विभिन्न ठाउको करिव चार हजार छ सय १९ मीटर बाटो कालोपत्रे,छ सय ८५ मिटर ढलान र छ हजार नौ सय २२ मीटर नाला निर्माण गरेको बताईएको छ ।

चालु आर्थीक बर्षमा पनि जनतासंग सहकार्य गर्दै लक्ष्य भन्दा बढिको काम गर्दे प्रतिवद्धता जनाउदै वडाअध्यक्ष गुरुङले घर नक्सा पासको काम वडा कार्यालयबाटै गर्ने र सामाजीक सुरक्षा भत्ता बैक मार्फत टोल टोलमा पुगी वितरण गर्ने योजना रहेको सुनाएका थिए । कार्यक्रममा ईन्जिनियर रविचन्द्र घिमिरेले प्राविधिक पक्षलाई मध्यनजर राख्दै प्रथामिकताको आधारमा गुणस्थरिय र मापदण्डलाई ख्याल गरि विकास निर्माण कार्यलाई अगाडी वडाईने धारणा राखेका थिए ।
वडा सचिव लिलामणि भण्डारीले संचालन गरेको सो कार्यक्रममा स्वागत वडा सदस्य सरु नेपाली र धन्यवाद ज्ञापन शेखरनाथ लामिछानेले गरेका थिए ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: