रोटरी रोट्याक्ट लेखनाथको वृक्षारोपण सम्पन्न
लेखनाथ, भदौ १ ।
रोटरी र रोट्याक्ट क्लव अफ लेखनाथको सयुक्त आयोजनामा वडा नं २९ को वडा कार्यलय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष चेत वहादुर गुरुङ्गले वडा कार्यलय क्षेत्रको हरीयाली अभियानमा क्लवहरुले गरेको कामको प्रशंशा गर्दै यसको संरक्षण वडाले गर्ने बताए । उनले महानगरले समेत प्रत्येक वडा कार्यलयमा वोटविरुवा रोप्ने अभियाननै गरको जानकारी दिए ।
सोही कार्यक्रममा रोट्याक्ट क्लव अफ लेखनाथका अध्यक्ष सन्दिप पौडेलले हरीयाली अभियान वडा नं २९ वाट शुरु भएको र अन्य वडा कार्यलयहरुमा समेत क्लवले काम गर्ने बताए । रोटरी क्लव अफ लेखनाथका अध्यक्ष विश्वमणी भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक राम प्रसाद अचार्यले गर्नुका साथै सञ्चालन सचिव हरि प्रसाद खनालले गरेका थिए ।वृक्षारोपण कार्यक्रम अन्तर्गत विभिन्न फलफूल, फूल लगाएतका करिव ४० विरुवा रोपिएको रोट्याक्ट क्लव अफ लेखनाथका कमिनिटी सर्भिस डिरेक्टर गोविन्द विकले जानकारी दिए ।
लेखनाथमा सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी र रोट्याक्ट क्लवले विभिन्न कामहरु गर्दै आएका छन् भने ठूलो कार्यक्रम अन्तर्गत ३५ लाख लगानीमा भरतपोखरीमा खानेपानी टंकी निर्माण गरेको छ ।