समाचार

प्रतिष्ठानको १७ औँ साधारण सभा सम्पन्न

पोखरा, भदौ २ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ लोक दोहोरी गायक एवं प्रतिष्ठानका संरक्षक प्रजापति पराजुलीले आफु बन्नु भन्दा पनि संस्था बनाउन कलाकारलाई आग्रह गर्दै मेला महोत्सव पाउनलाई मात्रै प्रतिष्ठानमा आवद्ध हुन नहुनेमा जोड दिदैँ आफू सक्षम हुन कलाकारलाई अनुरोध गर्नुभयो । कार्यक्रममा केन्द्रिय कार्य समितिका दिृतीय उपाध्यक्ष रामजी खाँडले प्रतिष्ठान कलाकार संरक्षण गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । केन्द्रिय सदस्य एवं सर्जक शिव हमालले प्रतिष्ठानको केन्द्र मात्रै मजबुद र जिल्लाहरु दयनिय अवस्थामा रहेको र केन्द्रले सर्पोट गर्न आवश्यक परेको बताउनु भयो ।

कलाकार विदेश पलाएन हुनु चिन्ता लागेको छ हमालले भने कलाकार बाच्ने आधारको खोजी गर्नुहोस । कार्यक्रममा सल्लाहाकारहरु मोति गिरी , पार्वती जि.सी, डा.त्रिभुवन शर्मा वराल, गण्डकी अञ्चल अध्यक्ष शंकर विरही गुरुङ्ग,कास्कीका संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेशका संयोजक तारापति सुवेदी लगायतका वक्ताहरुले कलाकारको हकहित संरक्षण एवं जिविकोपार्जनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

साधारण सभामा सचिव ज्ञानेश्वर सुवेदीको साँगठनिक प्रतिवेदन र कोषाध्यक्ष तुलसा क्षेत्रीले आय व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठान कास्कीका अध्यक्ष प्रेमराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष टेक क्षेत्रीले स्वागत र सचिव ज्ञानेश्वर सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: