समाचार

बेगनासताल बृहत सरसफाई अभियानको २४ औं हप्ता सम्पन्न

बेगनासताल, भदौ २ ।
आन्तरिक तथा वाह्य पर्यटन पर्वद्र्धन गर्ने उद्धेश्येले बेगनास युवा क्लबको आयोजनामा निरन्तर चलिरहेको बेगनासताल बृहत सरसफाई अभियानको २४ औँ हप्ता शनिबार सम्पन्न भएको छ । यो हप्ताको अभियानमा बेगनास युवा क्लबको परिसरबाट वेगनासतालको ड्यामसाइडमा राखिएका डस्ट्विनमा जम्मा भएका फोहोर मैलाको व्यवस्थापन गरिएको छ ।

वेगनासतालको नहरको वाटो तथा वेगनासताल वस पार्कमा सरसफाइ गरिएको क्लबका अध्यक्ष राम रानाभाटले जानकारी दिए । कार्यक्रममा क्लबका जुजारु युबाहरु सगैँ पोखरा महानगरपालिकाका कानूनी अधिकृत राममणि अधिकृत , लेखनाथ होटल एशोसिएसन, वेगनासताल महिला समुह, जलेश्वर शिव मन्दिर सन्चालन समिति, लगाएतका विभिन्न सामाजिक संघ संस्थाहरुको उपस्थिती रहेको थियो ।

सरसफाई अभियानका अभियन्ता तथा क्लबका अध्यक्ष राम रानाभाटले वेगनासतालको क्षेत्रलाइ फोहोर मैला मुक्त बनाइ आन्तरिक तथा वाह्य पर्यटन विकास गर्ने आफ्नो एक मात्र उद्धेश्य रहेको बताउँदै सरसफाइ अभियानमा आफ्नो कुनै स्वार्थ नरहेको र बेगनास बृहत सरसफाई अभियानमा २४ औं हप्ता सम्म साथ दिने सम्पूर्णमा धन्यवाद दिंदै आगामी २५ औं हप्तामा वेगनासताल ड्याम साइडमा जम्मा भएको फोहोर मैलाको झार फाल्ने कार्यक्रम भएको र सो कार्यक्रममा उपस्थित हुन पनि सबैमा आग्रह गरे ।

Related Articles

Back to top button
%d bloggers like this: