समाचार

ओली सरकार ६ महिनामा ७ मुद्दामा चुकेको कांग्रेसको ठहर

काठमाडौँ, भदौ ३ ।
कांग्रेसले केपी ओली नेतृत्वको सरकार ६ महिनामा ७ मुद्दामा चुकेको टिप्पणी गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकाश शर्माले सरकार राष्ट्रियता, संघीयता, सुशासन, समृद्धिको यात्रालगायत मुद्दामा चुकेको समीक्षात्मक टिप्पणी सार्वजनिक गरेका हुन् । गतवर्ष फागुन ३ गते गठित वर्तमान सरकारले भदौ ३ आइतबार ६ महिना पूरा गरेको छ। सरकारको नेतृत्व राष्ट्रवादको मुद्दामा नराम्रोसंग चुकेको तथ्य जगजाहेर भएको कांग्रेसले ठहर गरेको छ ।
प्रतिपक्ष प्रति द्वेषयुक्त अभिव्यक्तिहरु, निषेधाज्ञा, मिडियामा बढ्दो हस्तक्षेप र नागरिक स्वतन्त्रता माथि अतिक्रमण भएको छ । संघीयता कमजोर गराउने, आलोचना बढाउने र असफल गराउने नियतमा संघीय सरकार लागेको कांग्रेसले आरोप लगाएको छ । त्यस्तै गरी विश्वविद्यालयका उपकुलपति माथि अपमानजनक ब्यवहार, सुन प्रकरणमा भनिएका ठूला माछाको उन्मुक्ति, भ्रष्टाचारको सत्ता संरक्षीत विकेन्द्रीकरणले कम्युनिष्ट सरकारको सुशासनको चित्र प्रष्ट् भएको बताएको छ । स्थानीय तहमा कर आतंक हुदै गर्दा सिंहदरवारको उदासिन भूमिका रहेको छ । सपनाको हवाई उडान तर नीति तथा कार्यक्रममा न इच्छा शक्ति देखियो न बजेट मार्फत त्यस्तो क्रमभंगको कुनै भिन्न कार्यक्रम नआएको । प्रधानमन्त्रीको दोहोरो चरित्रका कारण न्यायपालिका शिकार भएको र कार्यपालिका र व्यवस्थापिकाको लाचार छायाँ बनाउने षड्यन्त्र गरिएको कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बताएका छन् ।

Related Articles

Back to top button
%d bloggers like this: