खेलकुुद

रिठेपानीमा ब्याटमिन्टन प्रतियोगिता

विष्णुहरि पौडेल ।
पोखरा, २३ भदौ ।

पोखरा २७ रिठेपानीमा वडास्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको भूपू सैनिक क्लब रिठेपानीका अध्यक्ष सुवेदार जग बहादुर गुरुङ र पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले ब्याटमिन्टन खेलेरै उद्घाटन गरेका थिए । राइजिङ्ग स्टार युवा क्लबका अध्यक्ष विष्णुप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले प्रतियोगिता गरेरक्लवले खेलको प्रवद्र्धनमा महत्वपूर्ण भूमीका खेलको बताए ।
२० समूहको सहभागिता रहेको छ भने क्लबको ब्याटमिन्टन हलमा भएको प्रतियोगितामा पहिलो खेल कृष्ण तिमिल्सिना र हरि बहादुर खड्काका वीच भएको थियो । प्रतियोगिताको रेफ्री प्रयागराज भण्डारी रहेका थिए भने कार्यक्रम संचालन श्याम खनाल र अञ्चल गुरुङले गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: