समाचार

रोट्याक्ट क्लब अफ लेखनाथको तिज वृद्धवृद्धासँग

लेखनाथ २४ भाद्र
सन्दिप पौडेल ।
रोट्याक्ट क्लव अफ लेखनाथले वृद्धवृद्धाहरुसँग तिज मनाएको छ । क्लवको वार्षिक कार्यक्रम अन्तर्गत वृद्धा आश्रममा तिज मनाइएको कार्यक्रम संयोजक एवम् क्लवकी सदस्य डा कविता पाठकले जानकारी दिइन् । घर र परिवारवाट हेला भएर वृद्धा आश्रममा गएर वसेका आमा वुवाहरुलाई एक दिन भएपनी तिजको अवसरमा रमाइलो गर्ने उद्देश्यले कार्यक्रम गरेको क्लवका उपाध्यक्ष गोपिकृष्ण तिवारीले वताए ।
पोखरा २७ सहेलापाखा स्थित श्रीकृष्ण प्रणामी वृद्धा आश्रममा भएको तिज मनाउने तथा दर खाने कार्यक्रममा १२ जना वृद्धाहरु र साथमा रोट्याक्ट क्लव लेखनाथका ३० जना सदस्यहरुको सहभागीता रहेको थियो । सोही कार्यक्रममा रोटरी क्लव अफ लेखनाथका अध्यक्ष विश्वमणी भण्डारी, रोट्याक्ट क्लव अफ लेखनाथका सस्थापक अध्यक्ष सन्तोष गुरुङ्ग, पुर्व अध्यक्ष रोशन अधिकारी लगाएतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । रोट्याक्ट क्लव फ लेखनाथका अध्यक्ष सन्दिप पौडेलको सभापतीत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव उत्तम श्रेष्ठले गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: