राशिफल
वि.सं. २०७५ साल भदौ २५ गते। सोमबार। इश्वी सन् २०१८ सेप्टेम्बर १० तारिख। नेपाल संवत् ११३८ । भाद्र शुक्लपक्ष। तिथि– प्रतिपदा
मेष
व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। तापनि मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। दिउँसोदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ।
बृष
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। काम बिग्रने डरले सताउनेछ।
मिथुन
छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ।
कर्कट
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले रोकिएको काम बन्नेछ।
सिंह
खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। विशेष अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। तर प्रयत्न गर्दा भैपरी आउने समस्या समाधान हुनेछन्। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ।
कन्या
आकस्मिक रूपमा खर्च बढ्नाले मन पिरोलिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। कामको लागत बढ्नेछ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्।
तुला
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनाले उत्साह जाग्नेछ। लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ। मध्याह्नदेखि आय-आर्जन र अर्थ संग्रहमा बाधा पुग्नेछ।
बृश्चिक
पुरुषार्थी काम प्रारम्भ हुन सक्छ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
धनु
अरूका काममा श्रम खर्चनुपर्ला। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। मध्याह्नदेखि भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ।
मकर
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ।
कुम्भ
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। रमाइलो यात्रा हुन सक्छ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ।
मीन
रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। मध्याह्नदेखि दैनिकीमा थप परिवर्तन ल्याउन सकिनेछ।