लोक्रो न वोक्रो सगरमाथा टेलिभिजनबाट प्रसारण

लोक्रो न वोक्रो सगरमाथा टेलिभिजनबाट प्रसारण
गाउँले मिडिया प्रा.लि.को प्रस्तुति रहेको नेपाली हास्य टेलिसृंखला लोक्रो न वोक्रो यही भदौ ८ गते देखि सगरमाथा टेलिभिजनबाट प्रत्येक शुक्रबार साँझ ६ः३० बजे देखि प्रशारण आरम्भ गरी तेस्रो भाग पनि प्रशारण गरिसकेको छ । ठूला पर्दाका फिल्म तथा तितो सत्य, जिरे खुर्सानी जस्ता राष्ट्रिय स्तरका नेपाली हास्य टेलिसृंखलामा अभिनय गरी आफ्नो पहिचान बनाउन सफल कलाकार वसन्त रानाभाट (गड्यौले)द्धारा निदेर्शेन गरिएको नेपाली हास्य टेलिसृंखला लोक्रो न वोक्रोमा महेश पौडेल, सुनिल रानाभाट, जय ओझा, कुमारी बुढामगर, दिपा आचार्य, कालु गुरुङ, डिभी गुरुङ, निर्मल खनाल, सागर तिवारी, कृष्ण प्रसाद लामिछाने, सुवास तिवारी, मुक्तिराज अधिकारी लगाएतका कलाकारको जोडदार अभिनय रहेको निर्देशक रानाभाटले जानकारी दिए ।
यमन श्रेष्ठ र राजेश क्षेत्रीको संगित र वसन्त सापकोटाको गायन संगीत रहेको नेपाली हास्य टेलिसृंखला लोक्रो न वोक्रोमा नेपाली समाजमा विध्येमान विकृति र विसंगतीलाइ दर्शकसामु प्रस्तुत गरी आम दर्शकलाइ सचेत गराउनुका साथै दर्शकहरुलाइ मनोरञ्जन दिनु यस टेलिसृंखलाको मूख्य उद्धेश्ये रहेको निर्देशक रानाभाटले जानकारी दिए । दर्शकहरुले यस टेलिसृंखलालाइ हेरेर सल्लाह, सुझाव दिइ थप हौसला प्रदान गर्नेमा निर्देशक रानाभाट आशावादी छन् ।