नेशनल एफ एमको चौथो खुल्ला तिजगित प्रतियोगिता तयारी अन्तिम चरणमा

लेखनाथ, भदौ २६ ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा नेशनल एफ एम ८८।२ मेगाहर्जले खुल्ला तिज गित प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यहि भाद्र २७ गते एफ एमको प्राङ्गण पोखरा–२७ तालचोकमा प्रतियोगिताको तयारीलाइ तिब्रता दिइएको छ ।
नेपाली कला संस्कृति र साहित्यलाई संरक्षण एवं सम्बद्र्धन गर्ने साथै प्रतियोगितात्मक भावनाको विकास गरेर तिज संस्कृतिमा टेवा पुर्याउँदै स्थानिय कलाकारहरुको समेत सम्मान गर्ने उदेश्यले चौंथो पटक कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम संयोजक निर्मल भटृराईले जानकारी दिए ।प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १२ हजार र प्रमाण–पत्र, द्धितिय हुने टिमले नगद रु ८ हजार र प्रमाण–पत्र, तृतिय हुने टिमले नगद रु ५ हजार र प्रमाण–पत्र, सान्त्वना हुने टिमले नगद रु २ हजार र प्रमाण–पत्र र उत्कृष्ट नृत्य र भेष भुषाले नगद रु १÷१ हजार र प्रमाण–पत्र प्राप्त गर्ने नेशनल एफ एमका अध्यक्ष सूर्य नारायण बरालले बताए ।
कार्यक्रमका सह संयोजक धिरज श्रेष्ठले तिज पर्व साझा संस्कृति भएजस्तै कार्यक्रम पनि स्थानिय क्षेत्रको सबैको कार्यक्रम ठानेर सफल पार्नका लागि सम्पुर्णमा आग्रह गरेका थिए । प्रतियोगिता सँगै स्थानीय कलाकारहरुको गायन, नृत्य तथा हाँस्यव्यग्य प्रस्तुती समेत रहनेछ । प्रतियोगिताको नेशनल एफ।एम। ८८।२ मेगाहर्जले प्रत्यक्ष प्रसारण पनि गर्नेछ । प्रतियोगिताको लागि भाद्र २७ गते तिजको दिन मध्यान्ह १२ बजेसम्म निशुल्क रुपमा टिम दर्ता गर्न सकिने एफ एमका स्टेशन प्रमुख रामशरण नेपालीले बताए ।