समाचार

बेगनासताल डुंगा दुर्घटनामा मृतकको सम्झनामा शोक सभा

लेखनाथ, असोज २ ।
गत भाद्र २३ गते वेगनासताल डुंगा दुर्घटामा मृत्यु भएकाको सम्झनामा आज शोक सभा सम्पन्न भएको छ । बेगनास ताल डुंगा व्यवसयी समितिको आयोजनामा सम्पन्न शोक सभामा लेखनाथ इलाका प्रशासन कार्यालका प्रमुख चित्राङ्ग बरालले तालमा जुनसुकै यात्रुले यात्रा गरे पनि त्यसको सुरक्षा दिने काम समितिको भएकाले डुङ्गा चड्दा अपनाउनु पर्ने होसियारी ल्याफ ज्याकेट अनिवार्य गर्नका लागि समितिलाई कडाईका साथ निर्देशन दिदै डुङ्गाको क्षमता,यात्रुको सख्या,कुशल चालक लगाएत डुङ्गाको अवस्थाका बारेमा पनि ख्याल गरेर मात्र सेवा प्रवाह गर्नु पर्नेमा जोड दिएका थिए ।

पोखरा ३१ का वडा सदस्य विष्णु बहादुर भुजुले , पोखरा महानगरपालिकाका कानूनी अधिकृत राममणी अधिकारी, मृतकका आफन्तबाट सिताराम कंडेल, वेगनास युवा क्लबका अध्यक्ष राम बहादुर रानाभाट, वेगनासताल आमा समूहका अध्यक्ष दुर्गा देवि अधिकारी लगाएतले शोक मन्तव्य व्यक्त गर्दैै आगामी दिनमा लाइफ ज्याकेट अनिवार्य रुपमा प्रयोग गर्नु पर्ने र मानविय क्षेति न्यूनिकरण गर्न सम्बन्धित निकाय गम्भिर हुन आग्रह गरेका थिए ।

बेगनास ताल डुंगा व्यवसयी समितिका निवर्तमान अध्यक्ष ढकनाथ कंडेलले घटनाका वारेमा जानकारी गराउँदै शोक मन्तव्य व्यक्त गरेका थिए ।

डुंगा व्यवसयी समितिका अध्यक्ष सोमराज कंडेलको अध्यक्षतामा सम्मन्न भएको शोक सभाको कार्यक्रमको सन्चालन सचिव प्रकाश पाण्डेले गरेका थिए । पोखरा ३१ बेगनास गाउँ जाने क्रममा १० जना सवार डुंगा बेगनास तालको लिब्दी नजिकै गत भाद्र २३ गते शनिबार पल्टिदाँ ८ जनाको मृत्यु भएको थियो ।

 

 

Related Articles

Back to top button
%d bloggers like this: