समाचार

सुरक्षा पालुवाको १२ औं साधारणसभा सम्पन्न

लेखनाथ, भदौ ३ ।
पोखरा महानगरपालिका वडा नं ३३ मा रहेकोसुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभासम्पन्न गरिएको छ । सहकारी संस्थाले आधा अर्ब भन्दा बढीको कारोबार गरेको छ । संस्थाको प्रधान कार्यालय पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानमा आयोजित १२ औं साधारणसभाका अवसरमा संस्थाका अध्यक्ष टि.एन.आचार्यले हालसम्म एक हजार ८६५ शेयर सदस्य र छ करोड ७५ लाख २१ हजार शेयर रकम रहेको जानकारी दिए ।
साधारणसभाको उद्घाटन समारोहमा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले सानो पूँजीको लगानी मार्फत व्यवसायिकता बृद्धि गर्दै आर्थिक समृद्धिमा सहकारीले महत्वपूर्ण योगदान पु¥याएको बताए ।लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालले हुडिकोट, बरपाण्डेथुम जस्ता पर्यटकीय स्थल भएको भरतपोखरीमा सहकारीले पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि सार्न सक्ने धारणा राखे । बाघमारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष डिल्लीराम बरालसंस्थाले राज्य स्तरबाटै सहकारी सूचना केन्द्र बनाउनुपर्ने आवश्यकता औंल्याए ।
साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रामजीप्रसाद अधिकारीले आफ्नो पैसा आँफैं परिचालन गरी आँफै सम्पन्न हुने माध्यम सहकारी भएको बताए ।जनप्रतिनिधि दीपक लाछिाने, शान्ति आचार्य, यज्ञप्रसाद अधिकारी, ऋषिराज आचार्यउपाध्यक्ष डिलकुमारी शर्मा दाहाल, कोषाध्यक्ष विष्णुप्रसाद अधिकारी, माधवप्रसाद कडेल, सतिस लामिछाने लगायले बोलेका थिए । शेयर सदस्यलाई लक्षित गरी सहकारी विषयक अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने, युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट प्राप्त हुने ऋणलाई निरन्तरता दिने, सामाजिक कार्यलाई बढावा दिने, आर्थिक जोखिम न्युनीकरणका लागि शेयर सदस्य तथा ऋणीका लागि जीवन विमा संस्थाबाटै प्रवन्ध मिलाउने लगायतका कार्यक्रमलाई भावी योजनामा समावेश गरेको छ

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: