समाचार

हामीले हाम्रौ देशमा केही गर्नु पर्छ ः गण्डकी प्रदेश मन्त्री पुन

लेखनाथ, ७ असोज ।

गण्डकी प्रदेशका सामाजीक विकास मन्त्रि नरदेवि पुनले रोजगारी र आर्थीक उपार्जनका लागि विदेशीन प्रचलनलाई छोडी आफनै देशमा केही गर्ने बानीको विकास हुनु पर्नेमा जोड दिएकी छन् ।

अर्घै पुन मगर समाज पोखरा लेखनाथ २७ को नवनिर्मीत समाजीक भवनको उद्घाटन गर्दै मन्त्रि पुनले जनजातीहरुको सोच विदेश नै जाने भएकाले जातीय रुपमा प्रगती हुन नसकेको सुझाव राख्दै युवा अवस्थामा भएको सिप र जागर विदेशमा खर्च गर्ने उमेर ढल्कीए पछि स्वदेशमा आएर बस्ने बानीको विकासले हाम्रो समुदाय पछि परेकाले अव स्बदेशमा नै केही गर्ने उच्च मनोभावनाका साथ अगाडी वढ्नु पछृ उनको सुझाव रहेको थियो । आफनो कला ,सस्कृती र भाषाको संरक्षका लागि युवाहरुलाई जागरुक बनाउका लाििग आग्रह गर्दै मन्त्रि पुनले गण्डकी प्रदेशमा बन्ने सास्कृतीक ग्रामका बारेमा चर्चा गरेकी थिईन ।
अर्घै पुन मगर समाजका अध्यक्ष देउ वहादुर चोचाङ्गी मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा गोर्खा मेजर चन्द्रबहादुर पुन मगर,नेपाल मगर संघ कास्कीका अध्यक्ष पुर्ण बहादुर रानामगर,वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ,नेपाल मगर संघका केन्द्रिय अध्यक्ष हर्कबहादुर पुन,मगर संघ कास्कीका पुर्व अधयक्ष ईन्द्रबहादुर गबुर्जा,जिल्ला सदस्य बुद्धिमाया थापा मगर र छ गाउले समाजका अध्यक्ष होमबहादुर गर्बुजा लगाएतले लोप हुन लागेको भाषा र परापुर्वकको स्कृतीलाई संरक्षण गदै जातीय एकाताको अवास्यकता रहेको विचार राखेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: